बझाङमा गएराति एक जना कामदारको हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

-सुरेश धामी
बझाङ । बझाङमा एक जना कामदारको हत्या भएको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति करिब ९ः३० बजे हत्या भएको हो ।

विकको सोही ठाउँका उदिप भनिने रोहन सुनारले मदिरा सेवन गरि सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी जागेश्वर भण्डारी बताउनु भयो ।

उहाँका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुबै जनाबीच केही दिन सामान्य विवाद भएको र त्यही वदला लिन रोहनले गोपालको टाउमा ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

रोहनले हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर फरार भएका थिए ।
मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरुको खोजी सुरु गरेका थिए । खोजीका क्रममा घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थिए ।

बुधबार बिहानैदेखि फरार सुनारलाई प्रहरीले खबर पाउनासाथ खोजी सुरु गरेको र बसमा भाग्दै गर्दा केदारस्युँको रायलबाट पक्राउ गरिएको डिएसपी भण्डारी बताउनु भयो । पक्राउ परेका सुनारलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?