नेक्स्ट सुपर मोडलको उपाधि रिविया र शैलेसलाई

Read Time = 1 min

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जित्नुभएको छ । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उहाँहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि प्राप्त गर्नुभएको हो ।

उहाँहरूले पुरस्कार स्वरूप एक-एक लाख रुपैयाँबराबर सेवासुविधा हात पार्नुभएको छ । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फष्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जित्नुभयो ।

यस्तै, पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मष्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘वेष्ट ड्रेस’, सञ्जय पुरी ‘वेष्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ हुनुभयो । महिलातर्फ रविया नगरकोटी ‘मष्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘वेष्ट ड्रेस’, रविया नगरकोटी ‘वेष्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?