यात्रुसँग बाढी भाडा असुली गर्नेलाई प्रहरीले धमाधम कारबाही गर्दै

Read Time = 3 mins

-वावुराम श्रेष्ठ
धादिङ चाडपर्व नजिकिँदै गर्दा ट्राफिक प्रहरी र नेपाल प्रहरीले सवारी चेक जाँचलाई कडाई गरेको छ । चाडपर्वको मौकामा यात्रुसँग बाढी भाडा असुली गर्नेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ ।

प्रहरीले अभियान नै चलाएर कारबाहीलाई तीव्र पारिरहेको हो । यात्रुहरुसँग बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही थालेपछि केही दिनदेखि यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् ।

प्रहरीले बढी भाडा असुल्नेलाई कारबाही गरेको विरोधमा बिहिबार व्यवसायीले काठमाडौ–धादिङ चल्ने बस बन्द गराएका छन् । काठमाडौबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन् । प्रहरीले यात्रुमाथि ठगी गर्ने जोसुकैलाई पनि कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म यात्रुहरुसँग बढी भाडा असुली गरेको भनी २ वटा गुनासो आएको थियो, अनसन्धान र चेकजाँच गर्दा साविकको भाडादर २७५ छ तर चालकहरुले यात्रुहरुसँग ३७५ लिने गरेको पाइएको छ । यसलाई आफुले चेकजाँच गरी बढी लिएको भाडा यात्रुहरुलाई फिर्ता गरिसकेको र दुवैलाई कानुनी बमोजिम कारबाही समेत गरिसकेको बताउनुभयो ।

यस्तै नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ऐन नियम मान्दिनँ भन्नेलाई पनि कारबाही गर्ने बताउनुभयो । चाडपर्वको मौका पारेर तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही भएको भन्दै सार्वजनिक गाडीमा अवरोध गर्न नपाइने उहाँको भनाई छ । प्रहरीले बढी भाडा असुल्नेलाई कारबाही गरेको विरोधमा बिहिबार व्यवसायीले बन्द गराएका काठमाडौ–धादिङ चल्ने बस अहिले सञ्चालनमा आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?