रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको रवीन्द्र मिश्रले काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय भएको बताउनु भएको छ । उहाँले भोलि दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

मिश्र विवेकशील साझा पार्टी छोडेर बुधबार मात्रै राप्रपामा प्रवेश गर्नुभएको थियो । यस अघिको प्रतिनिधि सभा चुनावमा मिश्र काठमाडौं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतले पराजित हुनु भएको थियो । मिश्रले १० हजार ११८ मत ल्याउनु भएको थियो भने कांग्रेसका सिंहले १० हजार ९३७ मत ल्याएर विजयी बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?