सिटी र चेल्सीको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।

जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३-० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।

जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १-० ले पराजित गर्यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?