इन्धनको मूल्य घटेर आयो

Read Time = 2 mins

काठमाडौं । नेपाल आयल निगमले मासिक दुई अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने भएको छ । १५ असोजमा भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार इन्धन मूल्य घटेर आएकाले नाफा बढ्ने भएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर छ रुपैयाँ ९३ पैसा, डिजेल १४ रुपैयाँ र हवाई इन्धन १६ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । त्यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५२ रुपैयाँले घटेको छ ।

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्यसँगै निगम मासिक दुई अर्ब २८ करोड रुपैयाँ नाफामा जाने देखिएको छ । निगमका अनुसार नयाँ मूल्यपछि निगमलाई पेट्रोलमा १६ रुपैयाँ, डिजेलमा नौ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ नाफा छ भने ग्याँसको घाटा घटेर प्रतिसिलिण्डर तीन सय २५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव रहेकाले नाफामा दिगोपन भने नहुने निगमको दाबी छ । आइओसीको २१ अर्ब बक्यौता र १० अर्ब ऋण रहेकाले इन्धनको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले स्पष्ट पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?