पूर्वसहकर्मी गैरे र पाण्डेयबीच प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 11 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पा र गुल्मीका प्रतिनिधिसभा निर्वाचनमा एउटै दलमा सँगसँगै यहयात्रा गरेका नेताबीच मुख्य प्रतिस्पर्धा हुुने देखिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खासगरी सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीचको प्रतिस्पर्धामा केही समय अघिसम्म एउटै पार्टीमा सहकार्य गरेका नेताहरू छन् ।

पाल्पा क्षेत्र नम्बर २ मा पूर्व–सहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार नेकपा एमालेबाट युवा नेता तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान सांसद सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गराउनुुभएको छ । पाण्डेयले निरन्तर टिकट पाएकै कारण गैरेको संसद् यात्रा अवरुद्ध भइरहेका बेला अहिले भने यी दुुई नेताहरू दुुई फरक दलबाट चुुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा पाण्डेयलाई जिताउने चुनावी कमाण्डर गैरे यसपटक आफू जित्ने गरी चुनावमा होमिनुुभएको छ । उहाँ संसदीय राजनीतिमा पहिलोपटक आउनुभएको हो । पाण्डेय योसहित गरी छैटौँपटक उम्मेदवार बन्नुभएको हो । २०५१, २०५६, २०६४, २०७० मा पाण्डेय २०७४ अघिसम्मका तीनमध्ये दुई क्षेत्रबाट उम्मेदवार हुुनुभएको थियो । २०७४ मा भने दुई क्षेत्र बनेपछि क्षेत्र नम्बर २ बाट टिकट ल्याउनुुभएको थियो । यसपटक पनि उहाँले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याउनुुभएको छ । ०७४ अघि तीनवटा क्षेत्र भएका बेला गैरे भने पाण्डेयकै क्षेत्रका भएकाले संसदीय टिकट पाउन उहाँलाई मुस्किल परेको थियो ।

स्थानीय तहमा कमजोर देखिनुभएका एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि नभएको होइन । एकीकृत समाजवादीका पाण्डेय र एमालेबाट अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहनुभएका गैरेबीच कडा टक्कर हुने आँकलन मतदाताको छ ।

एता, गुल्मी क्षेत्र नम्बर २ मा पनि पूर्व-सहकर्मीबीच प्रतिस्पर्धा हुँदै छ । नेकपा एमालेका गोकर्ण विष्ट र नेकपा एसकी रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा हुन लागेको हो । विष्ट र झाँक्री अघिल्लो निर्वाचनमा सँगसँगै सूर्य चिन्हमा मत माग्दै गाउँ डुल्नुभएको थियो । यसपटक यी दुई पूर्व-सहकर्मीबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।

कहाँबाट को उम्मेदवार ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई÷दुुईवटा प्रतिनिधिसभा र चार÷चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्य एक सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्यमा १४ जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका हुन् ।

पाल्पा क्षेत्र नंं १ प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्रबाट विपिन कँडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, राजु सुनारले मनोनयन दर्ता गराउनुुभएको छ । मंगोल नेसनल अर्गनाइजेसनबाट थमनबहादुर बुढामगर, राप्रपाबाट ज्ञानबहादुर सिंजाली, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, गठन्धनबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, जनता समाजवादी पार्टी मेयरमान रानाले मनोनयन दर्ता गराउनुुभएको छ ।

यसैगरी, क्षेत्र नंं १ (क) प्रदेशसभाको लागि मंगोल नेसनलबाट अर्गनाइजेसनबाट पूर्णबहादुर रुचाल, नेकपा एमालेबाट राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसबाट श्यामकान्त खनाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भीमसेन सुनारी मगरले उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ । क्षेत्र नंं १ (ख) प्रदेशसभाका लागि मंगोल नेसनल अर्गनाइजेसनबाट लालबहादुर दर्लामी, राप्रपाबाट लक्ष्मणप्रसाद पंगेनी, नेकपा एमालेबाट खेमबहादुर सारु, नेपाली कांग्रेसबाट शंकरप्रसाद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर रानाले मनोनयन दर्ता गरेको पाल्पा निर्वाचन क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी, केशरबहादुर आले, जनमत पार्टी नेपालबाट देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरे, नेपाल आमा पार्टीबाट ताराप्रसाद खत्री, मंगोल नेसनल अर्गनाइजेसनबाट मनबहादुर दर्लामी, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा मगर, राप्रपाबाट भोजिन्द्र बहादुर केसी, नेकपा एमालेबाट ठाकुर गैरे र नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डेय, राप्रपा नेपालबाट खडानन्द गैरेले मनोनयन दर्ता गराउनुुभएको छ ।

यसैगरी, पाल्पा क्षेत्र नंं २ (क) प्रदेशसभा सदस्यमा जसपाबाट खिकबहादुर रेश्मी, नेसनल मंगोल अर्गनाइजेसनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्शुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, नेपाली कांग्रेसबाट वीरबहादुर रानाले मनोनयन दर्ता गराउनुुभएको छ ।

यसैगरी, पाल्पा क्षेत्र नंं २ (ख) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट वसन्त घर्ती, नेकपा एमालेबाट ओमबहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्र अस्लामी नेसनल मंगोल अर्गनाइजेसनबाट शिवबहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गराउनुुभएको छ । उता, गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराउनुुभएको छ । यहाँ ज्ञवाली र भण्डारीबीच मुुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा गठबन्धनबाट माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र पर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराउनुुभएको छ । यस्तै, यहाँको प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुुभएको छ । प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिनुुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?