घरमै आराम गरेर बस्न दीपक बोहरालाई सन्तोष पाण्डेयको सुझाव

Read Time = 3 mins

-चन्द्रकान्त खनाल

रुपन्देही । कार्तिक रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का सत्ता गठबन्धनका उम्मेदवार सन्तोषकुमार पाण्डेयले विपक्षी गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार दीपक बोहरालाई पटक–पटक मन्त्री भएर भैरहवा र रुपन्देहीको बिकास गर्न नसकेको तर यसपटक अन्तिम पटक भन्दै के–का लागि भोट मागेको ? भन्दै प्रश्न गर्नु भएको छ ।

एउटा उमेर अवस्थामा आइसके पछि शरीरको चाहना अनुसार घरमै आराम गरेर बस्न पनि उहाले बोहरालाई सुुझाएका छन् । गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता पाण्डेयले बोहरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना ल्याउन नसकेको भन्दै अन्तिम पटक भन्दै चुनाव लड्नुको सट्टा घरै आराम गरी तीर्थब्रत गर्न आग्रह गर्नु भएको छ ।

‘निर्वाचन जित्ने युवा, सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकट भएका, विकासका लागि स्पष्ट योजना र विकास प्रेमी नेताले हो’, उहाँले भन्नुभयोे, ‘तपाईं (बोहरा) लाई निर्वाचन जिताएर जनताले के पाउने ? स्वास्थ्यमा समस्या आएको छ । यस्तो बेला बोल्नै सक्नुुभएको छैन । आफ्नो स्वास्थ्यका लागि पनि घरमै आराम गरेर बस्नुुहोस् ।’

नेता पाण्डेयले बोहरा पंचायतदेखि गणतन्त्रसम्म आउँदा नौ पटक मन्त्री भएको र त्यस बेला गर्न नसकेका काम अब गर्छुु भनेर जनताले पनि नपत्याउने उहाको दावी थियो ।

‘बोहराजीले अहिलेसम्म भैरहवाको विकासमा सम्झनलायक के काम गर्नुभयो ?’, उहाँले भन्नुभयोे, ‘तपाईं हामीलाई थाहा नै छ, नौंपटकसम्म मन्त्री हुँदा उहाँले व्यक्तिगत स्वार्थबाहेक अरु केही हेर्नुभएको छैन, त्यसैले फेरि पनि उहाँलाई जिताउन आवश्यक नै छैन ।’ यस क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाण र वोहोरा उम्मेदवार बन्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?