भाइरल प्रभावित क्षेत्रमा पुन : आकस्मिक स्वास्थ्य शिविर

बादेलमा बुधबार सञ्चालन गरिएको आकस्मिक स्वास्थ्य शिबिरमा उपचारका लागि आएका स्थानीय ।

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ ।

भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

दशैं अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौं स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्ष्यित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । भाइरलले थलिएका ४४ जना बिरामीको दोश्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ । शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ । स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

भाइरलले साविकको बाकाचोल-२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन् । अधिकांस बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रका डा. संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राई लगायतको टोली सहित आकस्मिक स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?