बुद्धिचाल संघ र समृद्धिबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनीबीच प्रायोजन सम्झौता भएको छ । संघद्वारा कात्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेसनल भेट्रान्स चेस च्याम्पियनसिपका लागि प्रायोजन सम्झौता भएको हो । शुक्रबार एक समारोहबीच संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धिका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

करिब सात लाख ५० हजारको लागतमा हुने च्याम्पियनसिपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ ।

कार्यक्रममा समृद्धिका प्रमुख कार्यकारी अधिकृत लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो भने संघका अध्यक्ष गौतमले संघद्वारा आयोजना गरिने विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिता नियमितरूपमा सञ्चालन गर्न प्रयासरत रहेको जानकारी दिनुभयो ।

गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यावसायीकरण गर्न सकिने बताउनुभएको छ । कार्यक्रममा संघका उपाध्यक्ष सुबोधराज शेर्पाली तथा सचिव उमेश केसी, समृद्धि फाइनान्सका चिफ अपरेटिङ अफिसर चुडामणि खनाल तथा ब्राण्ड एण्ड प्रोडक्ट डिर्पाटमेन्ट हेड सुरजकुमार सर्राफको उपस्थिति रहेको थियो । संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसिपको समेत तयारी सुरु गरिसकेको संघका सचिव उमेश केसीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?