सामाजिक कथामा बनेको ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक

Read Time = 4 mins

काठमाडौँ । मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र 'निरमाया' को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र 'निरमाया' को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्रले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले बर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ। टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाल सरकारको संबिधानमा १७ बर्ष अघि अन्त्यको घोषणा गरिएको जातिय छुवाछुतको घोषणा बर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरा सम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त बिषय माथि आम जन मानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ । निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जनचेतना जगाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?