सत्ता गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान बेच्न लागेको एमाले अध्यक्ष ओलीको आरोप

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गर्नुभएको छ ।

ललितपुरमा आज आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नु पर्ने बताउनु भयो ।

‘सत्ता गठबन्नधन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफुल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश–अंशमा बेच्छन्, ओलीले भन्नुभयो, ‘त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सकृय हुन जरुरी छ ।’

कार्यक्रममा उहाँले सरकारले देशमा महंगी, भ्रष्ट्रचार बढाएको आरोप पनि लगाउनु भयो। उहाँले कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँदली गर्नेतर्फ यो सरकारको ध्यान केन्द्रित रहेको उहाँको भनाइ छ ।

ओलीले सरकार आफैंले भुटानी शरणार्थीको नाम दिएर सर्वसाधारणलाई अमेरिका पु¥याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउने तयारी गरिरहेको आरोप पनि लगाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?