लि छियाङ चीनको नयाँ प्रधानमन्त्री हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । चीनको नयाँ प्रधानमन्त्रीमा ली छियाङ चयन हुने भएका छन् । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि छियाङ नयाँ प्रधानमन्त्रीमा हुने भएका हुन । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन् ।

यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए । नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ  महाअधिवेशन शनिबार सम्पन्न भएको छ ।

प्रत्येक पाँच वर्षमा हुने अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य पोलिटव्युरो चयन हुन्छ । नयाँ चयन भएको स्थायी समितिमा दुई जना मात्र दोहोरिएका छन् भने पोलिटव्युरोमा एउटा पनि महिला छैनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?