यस्तो छ तपाईंको कात्तिक १५ गते मंगलबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक १५ गते मंगलबार, ई.सं १ नोभेम्बर, २०२२ । तिथि– कार्तिक शुक्लपक्ष अष्टमी, नक्षत्र– उत्तराषाढा, ७ः१८ बजे उप्रान्त श्रवण, योग– शूल, करण– भद्रा, चन्द्रराशि– मकर, सूर्योदयः ६ः१५, सूर्यास्तः १७ः१८ ।

मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक : मिहिनेतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कुम्भ : प्रियजनसँगको सम्बन्धमा चिसोपना आउनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?