किशोरीहरूको क्षमता अभिवृद्धिमा वल्र्डलिंक

Read Time = 4 mins

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिरहा कर्जन्हा-११ स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयका तीन सय ४१ जना छात्रा प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । कम्पनीका अनुसार सरसफाइ, यौन तथा प्रजनन् स्वास्थ्य, हिंसा तथा लैंगिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षाजस्ता विषय कार्यक्रममा समेटिएको थियो ।

कम्पनीले यस वर्षदेखि व्यावसायिक सामाजिक उत्तरदायित्वलाई दिगो विकासका चार लक्ष्यमा केन्द्रित गर्न थालेको छ । जसमध्ये लैंगिक समानता एउटा हो । निर्धारित दिगो विकास लक्ष्यभित्र रहेर परियोजना तय गर्ने क्रममा कम्पनीले जनसेवा माध्यमिक विद्यालयबाट सुझाव मागेको थियो । जसमा विद्यालयले व्यावसायिक सामाजिक उत्तरदायित्वको कार्यक्रममा माथिल्ला कक्षामा अध्ययनरत छात्राहरूको सशक्तीकरण समावेश गर्न आग्रह गरेको थियो ।

आवश्यकता मूल्यांकनका क्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व टिमले सो क्षेत्रमा बाल विवाहको मुख्य समस्या रहेको पहिचान गरेको थियो । साथै घर आँगनको स्वच्छतामा समेत मुख्य भूमिका रहने भएकाले छात्रामा सरसफाइ अभ्यासमा पनि सुधार ल्याउनुपर्ने टिमले महसुस ग¥यो । टिमले छात्राहरूमा हुने तनाव र मानसिक उतारचढावसमेत मध्यनजर गर्दै मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता पहिचान गरेको थियो ।

अधिकांश किशोरी तथा महिला शिक्षा र जनचेतनाबाट वञ्चित हुने भएकाले उनीहरूले मानसिक स्वास्थ्यको अवधारणा बझ्न सकेका हुँदैनन् । मानसिक स्वास्थ्य समस्या विषयमा उनीहरू जानकार रहे पनि अन्य व्यक्तिसँग खुलेर कुरा गर्न र सहयोग माग्न सक्दैनन् ।

धेरैजसो किशोरी घरेलु हिंसालाई सामान्य दैनिक गतिविधि ठान्ने भएकाले त्यसविरुद्ध कदम चाल्दैनन् । सोही विषयहरूलाई मध्यनजर गर्दै कम्पनीकोे व्यावसायिक सामाजिक उत्तरदायित्व टिमले ‘शिक्षा तथा जनचेतनामार्फत् महिलाको सशक्तीकरण’ कार्यक्रमको डिजाइन गरेको कम्पनीले जनाएको छ । कार्यक्रम समापनका क्रममा कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले भन्नुभयो, ‘समुदायमा विद्यमान लंैगिक विभेदलाई सन्तुलनको स्तरमा ल्याउन महिला सशक्तीकरणजस्ता संवेदनशील कार्यक्रम आवश्यक छ, महिलाहरूको सशक्तीकरणका लागि शिक्षा पहिलो पाइला हो । यस्तोमा हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमले किशोरीहरूको शिक्षामा योगदान पु¥याएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?