कुमारीको रिकरिङ निक्षेप क्याल्कुलेटर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कुमारी बैंकले आफ्नो नवीनतम् डिजिटल उपकरण रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनि विकको १२औँ संस्करणका अवसरमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

ग्लोबल मनि विक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो, जसले युवालाई सानैदेखि आर्थिकरूपमा सचेत गराउने र वित्तीय चुनौती पहिचान र समाधानका उपाय सिकाउने गर्छ । कुमारी बैंक पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टतासाथ सशक्त बनाउन सहयोग गर्छ ।

क्याल्कुलेटरले उन्नत एल्गोरिदम प्रयोग गर्छ, जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकममात्र राखेर निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावना अनुमान गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?