प्रवासी नेपाली मञ्चको अधिवेशन हुँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराका साथ प्रवासी नेपालीको साझा संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ ।

ओएनएफले बुधबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । अधिवेशनमा मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच महादेश कमिटीबाट पाँचजनाका दरले २५ र हरेक राष्ट्रिय कमिटीबाट गरी तीन सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

अधिवेशनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । मञ्चको इन्चार्जमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराई हुनुहुन्छ । उहाँले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउने प्रयास भइरहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?