काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
आजको थुनछेक बहस पछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।
उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।
बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभएको थियो । हिजो प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए।
गत २० भदौमा एक बालिकाले सन्दीपविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए । गत मंगलबारदेखि थुनछेक बहस भएको थियो । शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच