तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

बिहानीपख देशभर मौसम सामान्यतया सफा रहेपनि साँझपख पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने केही भागमा हल्का वर्षाको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साँझपख  प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?