सदस्य-सचिव र नेसाका पदाधिकारीबीच भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र नेसा (नेपाल इस्पोर्टस् संघ)बीच बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ ।

संघका अध्यक्ष सुरज डंगोलको नेतृत्वमा भएको भेटघाटमा मित्रराष्ट्र चीनमा आयोजना हुने १९औँ एसियन गेम्समा इस्पोर्टसको सहभागिताका सम्बन्धमा र आगामी दिनमा परिषद्बाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो । सदस्य-सचिव घिसिङले इस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?