यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 3 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले बजार बढेको छ । कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेडा, लोकल काक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेको प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ । भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

यस्तै,  स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँमा किनबेच भइरहेको, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भैरहेको छ ।

डल्ले च्याउको भाउ घटेको छ । डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ कायम रहेको, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैया ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनिया ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ । अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?