पेट्रोलियम ढुवानी व्यवसायीलाई आन्दोलन रोक्न आग्रह

Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिडिओ नलिने घोषणा गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने चेतावनी दिएको थियो ।

सोही सन्दर्भमा निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघको माग सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल भइरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

निगमले अति आवश्यकीय पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरणमा अवरोध नगर्न पनि सचेत गराएको छ । महासंघको आन्दोलनका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?