म्युजिक खबर म्युजिक अवार्डको नयाँ संस्करण हुँदै

Read Time = 1 min

काठमाडौं । विगत नौ वर्षदेखि निरन्तररूपमा आयोजना हुँदै आएको म्युजिक खबर म्युजिक अवार्डको १०औँ संस्करणका लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिकरूपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको छ ।

शुभकामना मिडिया सोलुसनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्युजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । विभिन्न ३५ विधामा यो अवार्ड आयोजना हुने बताइएको छ ।

यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोकदोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरू समावेश गरिने आयोजकले बताएको छ । अवार्डमा गायकगायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनीलगायतका विविध विधाहरूमा अवार्ड आयोजना गरिने जनाइएको छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?