चार दशकमा चार खर्ब वैदेशिक लगानी

Read Time = 5 mins

काठमाडौं । नेपालमा झण्डै चार दशकमा करिब चार खर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । आर्थिक वर्ष २०५०/०५१ यता करिब चार खर्ब वैदेशिक लगानी भित्रिएको हो । सो अवधिदेखि आव २०७८/०७९ जेठसम्म नेपालमा पाँच हजार दुई सय २४ परियोजनाका लागि कुल तीन खर्ब ९९ अर्ब ७० करोड २८ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागद्वारा सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा विभिन्न मुलुकबाट पाँच खर्ब ८४ अर्ब चार करोड ४५ लाख रुपैयाँ कुल लगानीका परियोजनामा ६८.४४ प्रतिशत वैदेशिक लगानीको हिस्सा छ । जसबाट दुई लाख ४४ हजार चार सय ७७ जनाका लागि रोजगारी सिर्जना भएको छ ।

सबैभन्दा बढी वैदेशिक लगानी आव २०७१/०७२ तीन सय ७० परियोजनाका लागि ६७ अर्ब ४५ करोड पाँच लाख रुपैयाँ भित्रिएको छ भने १३ हजार एक सय ६७ जनाका लागि रोजगारी सिर्जना भएको छ । सो आवमा तीन सय ७० परियोजनामा लागतको ८२.९० प्रतिशत वैदेशिक लगानीको हिस्सा रहेको छ ।

आव २०७४/०७५ मा चार सय परियोजनाका लागि कुल लागतको ९०.८९ प्रतिशत अर्थात् ५५ अर्ब ७६ करोड चार लाख रुपैयाँ लगानी भित्रिएको छ । जसबाट १३ हजार नौ सय ४० जनाका लागि रोजगारी सिर्जना भएको छ । गत आवको ११ महिनामै दुई सय सात परियोजनाका लागि कुल लागतको ९०.५६ प्रतिशत अर्थात् ४० अर्ब ४९ करोड ८२ लाख बराबरको लगानी भित्रिएकोमा १२ हजार दुई सय एकजनाका लागि रोजगारी सिर्जना भएको छ ।

त्यसैगरी आव २०७६/०७७ मा दुई सय २३ परियोजनाका लागि कुल लागतको ७४.५० प्रतिशत अर्थात् ३७ अर्ब ८० करोड ५८ लाख लगानी भित्रिएकोमा १० हजार आठ सय ३९ जनाका लागि रोजगारी सिर्जना भएको छ ।

आव २०७७÷०७८ मा एक सय ८५ परियोजनाका लागि कुल लागतको ६५.२७ प्रतिशत अर्थात् ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको पाँच हजार नौ सय ४३ जनाका लागि रोजगारी सिर्जना भएको विभागको तथ्यांक छ ।

सरकारले तिर्नुपर्ने ऋण २० खर्ब बढी
सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको बोझ हरेक वर्ष थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालले कुल एक खर्ब २१ अर्ब ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०७८/०७९ सम्ममा तिर्न बाँकी कुल ऋण २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख रहेको छ । अघिल्लो आव २०७७/७८ मा यस्तो ऋण १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख थियो । अर्थात् गत आवमा मात्र नेपालको सार्वजनिक ऋण दुई खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख थपिएको छ ।

हाल नेपालले तिर्न बाँकी ऋणमध्ये नौ खर्ब ८६ अर्ब १० करोड ७० लाख आन्तरिक ऋण र १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख बराबर बाहृय ऋण रहेको छ । महालेखाले गत आव २०७८/०७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार गत आवमा नेपालले आन्तरिक ऋणको साँवा ४७ अर्ब ३३ करोड ७८ लाख र ब्याज ३७ अर्ब ५८ करोड ६८ लाख गरी कुल ८४ अर्ब ९२ करोड ४६ लाख भुक्तानी गरेको छ । बाहृय ऋणको साँवा २९ अर्ब ४१ करोड ५८ लाख साँवा र ब्याज सात अर्ब ४४ करोड २० लाख गरी कुल ३६ अर्ब ८५ करोड ७८ लाख भुक्तानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?