काठमाडौं । पाँचै हप्तामा प्रदर्शनरत चलचित्र ‘महापुरुष’ ले नेपाली चलचित्र नगरीलाई नयाँ अनुहार अरुण क्षेत्री दिएको छ । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो चलचित्रमा डेब्यु क्षेत्रीले आफ्नो छाप छोड्न सफल हुनुभएको छ । चलचित्रमा विज्ञानको भूमिकामा प्रस्तुत हुनुभएका क्षेत्रीले मदनकृष्ण र हरिवंशसँग धेरै समय स्क्रिन शेयर गर्नुभएको छ । यहाँ यस चलचित्रमा हरिवंशका कान्छा छोरा हुनुहुन्छ ।
उहाँ चलचित्रमा अडिशनमार्फत छनोट हुनुभएको हो । ‘मैले चलचित्रमा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रवीन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु’, अरुणले भन्नुभयो । चलचित्रका निर्मातासँगै कलाकारसमेत रहनुभएका रवीन्द्र सिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिनुभएको थियो ।
‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिनुभयो । पछि अडिशन भयो । उहाँले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, कार्यकारी निर्माता बानियाँले सुनाउनुभयो । अडिशनमै अरुण अन्तिम समयमा पुग्नुभएको थियो । ‘म लगभग अन्तिममा पुगेको थिए । हरिबासँग मैले दृश्य गरेर अडिशन दिनुपर्ने थियो । त्यो नै मेरो स्क्रिन टेष्ट पनि थियो । त्यहाँ गरेको अभिनयले मलाई फिल्ममा सेलेक्ट गरायो’, अरुणले भन्नुभयो ।
अरुण क्षेत्री आफ्नो दोस्रो चलचित्र ‘महापुरुष’ मार्फत दर्शकमा एक खालको छाप छोडन सफल हुनुभएको छ । चलचित्रमा उहाँले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएका छन् । उहाँले चुलबुले युवकको भूमिकालाई न्याय गर्नुभएको छ । अरुणले विभिन्न भावमा आफूलाई प्रस्तुत गर्नुभएको छ चलचित्रमा ।
त्यसो त अडिशन भएको एकहप्तापश्चात् उहाँलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्यपि दोस्रो लकडाउन भएपछि प्रोजेक्ट केही ढिलाभयो । प्रोजेक्ट ढिलो हुँदा अरुणलाई काम गर्न पाइन्छ भन्नेमा शंका लाग्यो । ‘मैले धेरै अडिशन दिएको थिएँ । धेरै अडिशनले मलाई रिजल्ट दिएन । मैले २० भन्दा बढी अडिशन दिएको छु’, उहाँले भन्नुभयो । त्यसो त अरुणको ‘कन्फीडेन्ट’ ले नै चलचित्रमा उहाँलाई सेलेक्ट गराएको निर्माता तथा कलाकार बानियाँले जिकिर गर्नुभयो ।
‘हरिदाईसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उहाँमा कलाकार देखायो । उहाँले गरिरहेको मिहिनेतमात्र नभई काम पनि प्रशंसनीय छ । उहाँले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्ने देखिन्छ’, रवीन्द्रले भन्नुभयो । चलचित्रसम्बन्धी अध्यन गरेर नै अभिनयमा आउनुभएका अरुणले अभिनय गरेको पहिलो चलचित्र ‘आइएम ट्वान्टी वान’ थियो ।
यो चलचित्र रिलिजको टुंगो लागेको छैन । यद्यपि उहाँ आफ्नो दोस्रो चलचित्र ‘महापुरुष’ मार्फत स्थापित हुनुभएको छ । चलचित्रमा उहाँले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएका छन् । उहाँले चुलबुले युवकको भूमिकालाई न्याय गर्नुभएको छ ।
अरुणले विभिन्न भावमा आफूलाई प्रस्तुत गर्नुभएको छ । उहाँले गीतमा राम्रोसँग नृत्य गर्नुभएको छ भने क्युट देखिनुभएको छ । खुशी हुने, रिसाउने दृश्यलाई न्याय गर्नुभएको छ । समग्रमा उहाँ आउँदो समयमा निर्माता तथा निर्देशकले खोज्ने हिरोमा पर्ने यस क्षेत्रका सम्बन्धितहरू बताउँछन् । ‘पहिलो चलचित्र मेरो लागि स्कुल झैँ भयो । मैले धेरै कुरा सिक्न पाए । यो टिमले मलाई राम्रो विद्यार्थी बनाएको जस्तो लागेको छ’, अरुण भन्नुहुन्छ, ‘हलमा प्रतिक्रिया लिन पुग्दा पाएको माया मेरो लागि अमुल्य छ । यसैका लागि मैले स्ट्रगल गरेको थिएँ ।’
अरुणले चलत्रिमा काम गर्नकै लागि जापान छाडनुभएको थियो । पारिवारिक दायित्व बहन गरेर जापान पुग्नुभएका उहाँ त्यहाँ रम्न सक्नुभएन । कारण उहाँलाई अभिनय गर्नु थियो । आफ्नो सपना बाच्नु थियो । उहाँ त्यहाँ सुखी त हुनुहुन्थ्यो तर खुशी हुनुहुन्थेन । फलतः परिवारसँग सानो विद्रोह गरेरै भए पनि नेपाल फर्किनुभयो । थियटरमा मेहनत गर्नुभयो । र, चलचित्र पाउनुभयो । ‘स्ट्रगल गर्दाको भोगाइलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । निराशाबीच केही आशाका किरण नभएका होइनन् । तर, यहाँ सम्पर्क नभएकालाई अवसर पाउन सहज नहुँदो रहेछ । किनकी सबै षटकोण आर्ट्स जस्तो पनि हुँदैनन्’, अरुण भन्नुहुन्छ, ‘धैर्यताले दिएको फल आज पाइरहेको छु । सिक्दैछु, आउँदो दिनमा आफूमा भएका कमीकमजोरीलाई अझैँ घटाउने छु ।’
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, अञ्जना बराईली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । चलचित्रमा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रा जस्ता चलचित्रमार्फत आफूलाई निर्देशनमा स्थापित गरिसक्नु भएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ । षट्कोण आर्ट्सले यसअघि ‘टलकजङ भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रैजात्रा’ जस्ता चलचित्र निर्माण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच