बागलुङमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, पाँच जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका–४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो ।

बुधबार विहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्नेक्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानकार दिनुभयो । प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा नम्बर २ का ३२ वर्षीय रमेश पुन, वडा नम्बर २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकी रहेका छन् ।

उनीहरुसहित माछा मार्न प्रयोग भएका तारा र काठका सामग्रीहरू पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?