जोन्टा क्लबद्वारा लैंगिक हिंसाविरुद्ध वाकाथन

Read Time = 3 mins

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रिय अभियानका रूपमा शनिबार काठमाडौंमा वाकाथन आयोजना गरेको छ । पाँच सयभन्दा बढीको सहभागिता रहेको वाकाथन दरबारमार्गबाट सुरु भएर वसन्तपुर दरबार स्क्वायरमा समापन भएको थियो । वाकाथनको अन्त्यमा लंैगिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो ।

नोभेम्बर २५ तारिखदेखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै वाकाथन आयोजना गरिएको जोन्टा क्लबले जनाएको छ । संयुक्त राष्ट्र संघको यस वर्षको नारा ‘महिला र बालिकाहरूविरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँ’ रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले भन्नुभयो, ‘१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैंगिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ । अहिले पनि लगभग हरेक सबै क्षेत्रका महिलाहरू दुव्र्यवहारको शिकार बन्न बाध्य छन् ।

१६ दिनमा यस वाकाथन र अन्य कार्यक्रममार्फत् हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसामा परेकालाई सहयोग गर्ने, लैंगिक हिंसा अन्त्य गर्ने लक्ष्यका साथ काम गर्ने र महिला अधिकारका लागि काम गरिरहेका सम्पूर्ण साथीहरू एकताबद्ध भएर काम गर्ने कुरामा जोड दिनेछौँ ।’

जोन्टा इन्टरनेसनल, डिस्ट्रिक्ट २५ का गभर्नर सिर्जना राणाले भन्नुभयो, ‘लंैगिक हिंसा एक गम्भीर मानवअधिकार उल्लंघन हो, जसले महिलाको स्वास्थ्य र उत्पादनशील जीवन जिउने क्षमतामा असर गर्छ । यसले उनीहरूको काम गरेर आर्थिकरूपमा सबल हुने क्षमतामा पनि असर गर्छ । प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ । यस वाकाथनमार्फत् हामी जोन्टा क्लब, सम्पूर्ण सञ्चारमाध्यम र युवालाई लंैगिक हिंसाविरुद्ध प्रभावकारीरूपमा आवाज उठाउन आहृवान गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?