विकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर्न एमाले नेतृ शान्ता चौधरीको आग्रह

Read Time = 1 min

काठमाडौं । एमाले नेतृ शान्ता चौधरीले विकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।
सुकुम्बासी हुनु कसैको रहर नभएर बाध्यता बन्न आग्रह गर्दै एमाले नेतृ चौधरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– 'बिकल्प बिना सुकुम्बासी बस्ति उठाउने काम बन्द गर , सुकुम्बासी हुनु कसैको रहर होइन बाध्यता हो । गरिब प्रति जिम्मेवार बन '

सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावाजी गरेका थिए ।

स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?