रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

हिमालय टाइम्स
Read Time = 1 min

किभ । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो ।

दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ ।

बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ । खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धी प्राप्त गरेको छ ।

रुसी भाडाका सैनिकहरू र भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?