एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उहाँ एमाले संसदीय दलको उपनेता हुनुहुन्थ्यो ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गर्नुभएको हो ।

आइतबार नेता ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?