पिएसजीको भ्रमणमा परेनन् एम्बाप्पे

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्टार फरवार्ड केलिएन एम्बाप्पेलाई एसिया भ्रमणको टोलीबाट बाहिर राखेको छ । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एम्बाप्पेलाई भने टोलीमा राखिएको छैन । क्लबसँग एम्बाप्पेको सम्झौता नवीकरणबारे सहमति नभएका कारण उहाँलाई टोलीबाट बाहिर राखिएको हो ।

एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा जान चाहेका कारण पिएसजीसँगको सम्झौता नवीकरण नगर्ने बताइसक्नुभएको छ । एम्बाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौताअनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ ।

त्यसो नहुँदा पिएसजीले उहाँलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उहाँलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ । उहाँले पिएसजीको सर्वाधिक गोलकर्ता बन्ने क्रममा २६० खेलमा २१२ गोल गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?