काठमाडौं । मिसेस नेपाल क्यानडाको ताजा सृष्टि श्रेष्ठले चुम्नु भएको छ । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा सृष्टिले ताज आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । उहाँले प्रमुख उपाधिका साथमा सिमेस फ्रेण्डसिपको उपउपाधिलाई पनि आफ्नो बनाउनुभएको हो ।
क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फण्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेण्ड रनर्सअप हुनुभएको थियो । प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बू पब्लिक च्वाइस अवार्ड विजेता हुनुभएको थियो ।
नमुना फेसन कलेजले तयार पारेको पोशाकमा प्रतियोगीहरू र्याम्पमा प्रस्तुत भएका थिए । नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदूत रोजिना तम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगीता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहनुभएको थियो ।
कार्यक्रममा महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीहरूलाई एकत्रित गर्दै उनीहरूमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्न मिसेस नेपाल क्यानडाको सुरुवात गरिएको बताउनुभयो । त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आफ्नो संस्थाको अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी भएको बताउनुभयो । उहाँले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी गराउनुभयो । क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा प्रतियोगिता सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच