काठमाडौं । २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०२४ मा नेपालकी सुष्मा श्रेष्ठले स्वर्णपदक जित्नुभएको छ । जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार कांस्यसहित कुल ११ पदक जितेको छ । नेपाललाई एकमात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजीमुनि तौल समूहमा च्याम्पियन बन्नुभएको हो । उहाँले फाइनलमा जापानकी उमेकावा आयुमीलाई १२-९, ३-० ले हराउनुभएको थियो ।
साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य हुनुभयो । ७४ केजीमुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाउनुभएको थियो । तर, महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८-१७, ५-४ मा हार्नुभयो ।
यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले रजत पदक जित्नुभएको छ । ८७ केजीमुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजीमाथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित हुनुभयो ।
महिला ७३ केजीमुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित हुनुभयो । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो हुनुभयो । यस्तै, ६८ केजीमा धनबहादुर तामाङ र राजन भण्डारीले कांस्य पदक जित्नुभयो ।
जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुईदिने प्रतियोगितामा २४ देशको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच