नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा सजिना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘मिस वल्र्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो पुग्नुभएको छ । कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वल्र्ड टुरिजम’मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हुनुहुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुधबार खनाललाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

मन्त्री किराँतीले मन्त्रालयमा भएको भेटका क्रममा प्रतियोगितामा नेपालको पर्यटन प्रचार गर्न सुझाउँदै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

त्यस्तै, खनाललाई बुधबार नै खानेपानी मन्त्री महिन्द्रराय यादवले शुभकमना दिनुभएको थियो । मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिनुभएको थियो । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’ उपाधिसहित सजिनालाई उक्त प्रतियोगितामा पठाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?