भोजपुर । भोजपुर सदरमुकाममा आइतवारबाट दुई दिने बहुविषयक अनुसन्धात्मक मूलक कार्याशाला सुरु भएको छ । अनुसन्धान ब्यवस्थापन एकाई (आरएमसी) भोजपुर बहुमुखी क्याम्पसको आयोजनामा कार्यशाला सुरु भएको हो ।
बृहत बहसका लागि सवै पक्षको सहभागितामा सुरु कार्यशालामा बहुबिषयक अनुसन्धात्मक कार्यपत्रहरु पेश हुने छन् । एकाई मार्फत अनुसन्धान गरी तयार पारिएका बिषयगत कार्यपत्रहरुको प्रस्तुतिले प्राज्ञ अनुसन्धानकर्ताहरु र सरोकारवाला सम्पूर्ण पक्षबीच ब्यापक बहस गरी उत्कृष्ट र तथ्यपूर्ण निश्कर्षमा पुग्ने मुख्य उद्धेश्यका साथ दुई दिने कार्यशालाको आयोजना गरिएको एकाई संयोजक डा. पर्वतकुमार राईले बताउनुभयो ।
संयोजक राईको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले गर्नुभएको थियो । कार्यशाला उदघाटन सत्रमा आफ्नो धारणा राख्नु हुँदै अतिथि बत्ताहरुले हरेक क्षेत्रमा अनुसन्धान जरुरी रहेको बताउँदै यसलाई निरन्तरतादिन सकिएमा समाज र मूलुक परिवर्तनमा पनि यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
सोक्रममा समन्वय प्रमुख राई, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भोलानाथ राई, नेपाली कांग्रेसका सचिव चक्र कार्की, माओवादी केन्द्रका सचिव बलभद्र राई, एकीकृत समाजवादीका नेता लालबहादुर राई, जनता समाजवादी पार्टीका शाहीमान राई, किरात राई यायोक्खा जिल्ला समिति कार्यबाहक अध्यक्ष बिदुर राई, न्यायशिल असल शासन क्लबका उपाध्यक्ष घमचन्द्र दाहाल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, भोजपुर नगरपालिका ७ का वडाध्यक्ष जयबहादुर तामाङ, शिक्षक हरिप्रसाद गौतम, भोजपुर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रकाश राई, कर्मचारी संघ क्याम्पस इकाई उपसभापति बिष्णु कुमार मिजार लगायतले आफनो धारणा राख्नुभएको थियो ।
कार्यशालामा बिषयतरुपमा तयार गरिएका अनुसन्धानमुलक सात वटा कार्यपत्रहरु प्रस्तुत हुने छन् । कार्यपत्रमा समेटिएका बिषयहरुमा सहभागिहरु बीचमा अन्तरक्रिया समेत गरिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच