शरणार्थी प्रकरणमा आइजिपी कुँवरलाई योगेश भट्टराईको सुझाव : तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस्

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गर्नु भयो ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उहाँले सो प्रकरणमा छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भएपनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताउनु भयो । सचिव भट्टराईले सो प्रकरणको छानविनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केशमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न नेपाल सरकारलाई भनि सकेको छ । प्रधानमन्त्रीजीलाई भनेको छौं, गृहमन्त्रीजीलाई भनेका छौं । पुलिस प्रशासनलाई भनेका छौं । र, हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन् । त्यसमा हामी छानविनका लागि सहयोग गर्न तयार छौं भनेर भनेका छौं । हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरुसँग जोडिएका हुन् । जोसुकै भएपनि यदि प्रहरीलाई उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरुले गएर प्रहरीलाई छानविनका लागि सहयोग गर्नु पर्छ । तपाईलाई यति भन्छु–यदि मेरो नाम कसैले लिएका छन् । र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाईं प्रहरीले बोलाउनु पर्र्दैन । म आफैं प्रहरीकोमा बयान दिन जान्छु । म त्यो मान्छे हो । र, हाम्रो पार्टी त्यो हो । त्यसमा हामी पछाडि हट्दैनौं । अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि । म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो । नागरिक चाँही कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुनभन्दा माथि हुने शासन त हामीले २०४७ सालमा फाली सकेको हो नि । त्यसपछि राजा ज्ञानेन्द्रले एक पटक कानुनभन्दा माथि हुन खोजेका थिए । उनलाई कानुनभन्दा माथि मान्दैनौ भनेर नारायणहिटीबाट नागार्जुन पठाएको होइनौ त ? कानुन भन्दामाथि को छ यो देशमा । कोही पनि छैन । त्यसकारण सबैमाथि छानविन हुन्छ । हुनु पर्छ । एमालेले पूरा साथ दिन्छ । ढुक्क भए हुन्छ । प्रहरीले बोलायो भने भाग्ने होइन । कोही पनि भाग्नु हुँदैन । त्यहाँ गएर बयान दिने, आफ्नो संलग्नता छैन भने प्रष्ट कुरा भन्नु पर्छ । अव अहिले त नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ । आईजीपी सावले पनि आएर बयान दिनु पर्छ । म त भन्छु–बसन्त कुँवरजीलाई । यदि तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस् ।’

सचिव भट्टराईले सो प्रकरणको छानविनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shyam Yadav
Shyam Yadav
2023-05-24 6:59 pm

टॉप बहादुर ra बालकृष्ण खान लाई pani पत्रकार सम्मेलन गरी सफाई line मौका दिए hunthiyo ni, kaso?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?