मोबाइल व्यवसायीसँग नबिलको वित्तीय अन्तरक्रिया

Read Time = 1 min

भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया आयोजना गरेको छ । नबिल बैंकले मोबाइल व्यवसायीको वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जनाएको छ ।

नबिल बैंकका साना तथा मझौैला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्‍याउने विभिन्न पहलकदमी क्रियाकलापजस्तै समयसान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

कार्यक्रममा चोरी नियन्त्रण र सतर्कता शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा भक्तपुरका प्रहरी निरीक्षक सुजन केसी प्रहरी, नेपाल मोबाइल वितरण संघका अध्यक्ष दिनेश चुल्याधो र संघका महासचिव रघु त्रिपाठीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?