काठमाडौं । टी २० सिरिजअन्तर्गत वेस्ट इन्डिजसँग नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल आज ७६ रनले पराजित भएको छ ।
२ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट १ सय ५१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि लोकेश बम र करण केसीले सर्वाधिक २८–२८ रन बनाए । करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।
त्यस्तै, कुशल मल्लले २० रन बनाउँदा विनोद भण्डारीले १९ तथा अनिल साहले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।
आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक/एक विकेट लिएका थिए ।
योसँगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच