सत्ता गठबन्धनले सोमबार ३ बजेका लागि बोलायो बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ । गठबन्धनले सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?