भैसिपंखा र गुप्तेश्वर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका भित्र रहेका दुई वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यका बिभिन्न सामग्रीहरु सहयोग गरिएको छ ।

नगरपालिकाको वडा नम्वर ३ गुप्तेश्वर र १० नम्वर वडा भैसिपंखामा रहेको स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटरलगायतको सामग्री सहयोग गरिएको सामग्री ल्याउन पहल गर्नु हुने नेपाली कांग्रेस भोजपुरका सचिव डा. चक्र कार्कीले बताउनुभयो । दातृ निकायबाट नेपाल सरकारलाई अनुदानकारुपमा प्राप्त स्वास्थ्य उपकरण तथा सामाग्री कार्कीको पहलमा जिल्ला अस्पताल सहितकास्वास्थ्य संस्थाहरुमा हस्तान्तरण गरिएको हो ।

४० लाख बरावरको ती सामग्रीहरु भोजपुर अस्पताल सहित भोजपुर अस्पताल, भोजपुर वडा नम्वर ३ गुप्तेश्वर, वडा नं ८, वडा नं १० भैसिपंखा र वडा नम्वर १२ का स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको छ ।

भोजपुर नगरपालिका वडा नम्वर १० का लागि अक्सिजन कन्सनट्रेटर मेशीन एक थान, सर्जिकल माक्स एक हजार थान, पारासिटामोल पाँच हजार थान रक्लोरिसिडाइन जेल तीन सय थान हस्तान्तरण गरिएको छ । । यस्तै भोजपुर नगरपालिका ३ गुप्तेश्वरका लागि पनि अक्सिजन कन्सनट्रेटरमेशीन एक थान, पारासिटामोल एक हजार पाँच सय थान, सर्जिकल माक्स दुई सय ५० थान, पल्स अक्सोमिटर दुई थान र फेटोस्कोप एक थान हस्तान्तरण भएको कार्कीले जानकारी दिनुभयो ।

ब्यक्तिको पहलमा आएको स्वास्थ्य सामग्रीहरुले नागरिकको स्वास्थ्य सेवामा राहत मिल्ने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?