नेशनल लाइफको ३४ औँ वार्षिक साधारणसभा

Read Time = 2 mins

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३४औँ वार्षिक वार्षिक साधारणसभा आइतबार कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा अध्यक्ष सिंहले नियामक निकायले लिएको विभिन्न कदमका कारण आव २०७७/०७८ मा बीमाको पहुँचमा उल्लेख्य वृद्धि भएकाले आगामी दिन बीमा बजार थप फस्टाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कम्पनीका अनुसार आव २०७७/०७८ मा कम्पनीका सबै वित्तीय सूचांक उत्साहप्रद रहेका छन् । कम्पनीको कुल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई एक हजार दुई सय ५२ दशमलब ४६ करोड पुगेको छ भने जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई चार हजार दुई सय चार करोड पुगेको छ । कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई तीन हजार नौ सय २४ दशमलब ७० करोड पुगेको छ । कम्पनीले नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको छ । त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक एक पाइला नामक संस्थालाई सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न तीन वर्षका लागि वित्तीय सहयोग उपलब्ध गराउने समझदारी गरेको छ ।

त्यस्तै, ३४औँ वार्षिक साधारणसभाले आव २०७७/०७८ का लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि तीन करोड १८ लाख ५६ हजार पाँच सय दुई रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?