बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका —२ कोल्टी देखि सदरमुकाम मार्तडी जाँदै गरेको लु १ ज ४०३५ नम्बरको बोलेरो जीप बुढीनन्दा नगरपालिका वडा नम्बर ५ विर्सैनमा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परी ७ जना घाइते भएका छन् । १० जना सवार रहेको उक्त जीपमा ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते भएका बाजुरा हुम्ला र मुगुका रहेका छन् ।

घाइतहमा हुम्लाको सर्केगाड बस्ने ४५ बर्षीया कालीबहादुर बुढा, सोही ठाउँका २२ बर्षीया भैर बुढा, हुम्ला सिमिकोट २ बस्ने ४१ बर्षीया रन बुढा, मुगु ३ श्रीकोट बस्ने २७ बर्षीया ललिता रोकाया, सोही ठाउँका २५ बर्षीया भिमबहादुर बाँनीया, मुगु ३ रोल बस्ने ३५ बर्षीया गोरख बहादुर रोकाया र बाजुराको बुढीनन्दा नगरपालिका १० बस्ने ४५ बर्षीया जीत लुवार घाइते भएका हुन् ।

घाइते सबैको अबस्था सामान्य रहेको र कोल्टी प्राथामिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जानकारी दिएको छ ।
जीप अनियन्त्रीत भइ करिब १० मिटर तल खसेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?