‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुने

Read Time = 2 mins

काठमाडौं । ‘भकुन्डो ब्याटल फेस्ट’ कम्पिटिसन हुनेभएको छ । तीन राउन्ड ब्याटल गरिने कार्यक्रममा र्‍यापर मानस घले जजको रूपमा देखिनुहुने छ भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नुहुने छ ।

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्नु हुनेछ । प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (मेरेडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिनेहुनु भएको छ ।

‘भकुन्डो ब्याटल फेस्ट’को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिनुभएको छ । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन् । र्‍यापरहरूलाई भोट गर्न दर्शकले अनलाइन एप दामी म्युजिकमा इ-सेवा, आएमि-पे बाट भोट गर्न सक्नेछन् ।

विजेता हुने प्रतियोगीले २५ हजार पाउने छन् भने सहभागीले १० हजार रुपैयाँ पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिनअगाडि हुनेछ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीमार्फत हेर्न सक्नेछन् । साथै अडियोमात्र सुन्न चाहने दर्शकका लागि दामी म्युजिक एप र आइ ट्युन पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?