आज ज्यापु दिवस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज ज्यापू दिवस मनाइँदै छ । ज्यापू संस्कृतिको रक्षार्थ विसं २०६१ सालबाट यस दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बिउ हो ।

निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।

नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ ।

विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?