गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताउनुभएको छ ।
बिहीवार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिनुभयो । उहाँले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउनेबारेमा भने सरकारको ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरु छन्, गुणस्तरका कामहरु नहुनेकुरा, समयमा नसकिने कुराहरु छन्, यसलाई सम्बोधन गर्न जरुरी छ । हाम्रो पनि यसमा जवाफदेहीता छ । पैसा उपलब्ध गराउनेकुरामा पनि सरकारले ध्यान दिनुपर्छ । जबसम्म हामी सरकार पक्ष र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन त्यसबेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैनन् । धेरै प्रोजेक्टहरु रुग्ण भइरहेका छन् । ठेकेदारले छोडेर भाग्दा धेरै निर्माणका कामहरुले गति लिन नसकेको भन्ने छ ।’

मन्त्री चौधरीले । ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीहरुले यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?