लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर समापन गरिएको थियो ।

डिएसपी मञ्जिल मुकारुङको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का वडाध्यक्ष नवराज राई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमयलगायतको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ । दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?