दश व्यक्तिलाई ‘एभरेष्ट एक्सिलेन्स सम्मान’

Read Time = 4 mins

काठमाडौं । एभरेष्ट इभेन्ट्सले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका दश व्यक्तिहरूलाई सम्मान गरेको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा उहाँहरूलाई ‘एभरेष्ट एक्सिलेन्स सम्मान-२०७९’ बाट सम्मान गरिएको हो ।

आयोजकले दुई दशकभन्दा बढी समयदेखि शिक्षा र सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै दर्जनौं सौन्दर्य प्रतियोगिता आयोजना गरिसकेका एएनपी मिडिया हाउसका अध्यक्ष तथा इभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लवबहादुर कार्कीलाई ‘एभरेष्ट एक्सेलेन्सी कार्यक्रम व्यवस्थापक सम्मान-२०७९’, दुई दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी अनुभव संगालिसकेका रोजिन शाक्यलाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन कोरियोग्राफर सम्मान-२०७९’, डेढ दशकदेखि पप र रक गायनमा सक्रिय गायक तथा संगीतकार विनोद ढकाललाई ‘एभरेष्ट एक्सेलेन्सी रक गायक सम्मान-२०७९’बाट सम्मानित गरेको छ ।

त्यस्तै नेपाली मोडलिङ तथा रंगमञ्चमा सक्रिय रही फेसन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गरेकी मोडल तथा फेसन कोरियोग्राफर र ‘मिस वल्र्ड कस्पोपोलिटन २०१९’ प्रियारानी लामालाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान- २०७९’, नेपाल खनिज तथा द्रव्य संघका प्रथम अध्यक्ष दिवंगत इन्दुकुमार श्रेष्ठलाई मरणोपरान्त ‘एभरेष्ट एक्सेलेन्सी ईको फेसन एण्ड लाइफस्टाइल सम्मान–२०७९’, अभिनेता, मोडल तथा फेसन कोरियोग्राफर र ‘मिस्टर मोडल अफ द वल्र्ड २०१८’ विजेता दिक्पाल कार्कीलाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान-२०७९’ प्रदान गरिएको छ ।

यसैगरी फेशन मोडल तथा कोरियोग्राफर र ‘म्यान हण्ट इन्टरनेसनल नेपाल २०१२’ विजेता सनिश शाक्यलाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन मोडल सम्मान-२०७९’, सौन्दर्यकर्मी तथा मोडल निलम पौडेललाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन कोरियोग्राफर सम्मान-२०७९’, फेसन डिजाइनर तथा व्यवसायी गोमा तिवारीलाई ‘एभरेष्ट एक्सेलेन्सी फेसन डिजाइनर सम्मान-२०७९’, इभेन्ट आयोजक तथा समाजसेवी युवा अभिविन्द खनियालाई ‘एभरेष्ट एक्सेलेन्सी युवा सम्मान-२०७९’ प्रदान गरिएको छ । आयोजक संस्थाका सिइओ कृष्ण श्रेष्ठले आगामी दिनमा पनि फेसन, ग्ल्यामर, फिल्म, गायनलगायत विधामा सक्रिय व्यक्तिलाई सम्मान गरिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?