परिवर्तित समय र आजको आवश्यकता

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला

समय गतिशील छ । समयको गतिशीलताका साथै हरेक कुरामा परिवरिवर्तन हुन्छ । समयसँग हिँड्न सकिएन भने समयले नै हामीलाई पछि पार्छ । फलस्वरूप हाम्रो उन्नतिमा बाधा पर्नसक्छ । यो संसारमा जति पनि विषवस्तु छन् सबै कालचक्रमा निरन्तर चलिरहेका छन् र परिवर्तत पनि भइरहन्छन् । यो परिवर्तिनी संसार हो । जसरी ऋतुमा नियमित परिवर्तन भइरहन्छ हामी पनि सोही ऋतुको नियममा बाँधिन बाध्य हुन्छौँ । किनकि जाडोमा पातला कपडा लगाएर बस्न सक्दैनौँ भने गर्मीमा ज्याकेट पनि लगाउन सक्दैनौँ । ऋतुका परिवर्तित चक्र एउटै देखिए पनि प्रत्येक वर्षको स्वरूप भिन्न हुन्छ । किनकि गत वर्षको ऋतुजन्य प्रभव यो वर्ष आए पनि त्यसमा केही सूक्ष्म बदलाव भएर आएको हुन्छ । जुन स्थूल दृष्टिबाट देखिँदैन ।

जीवन र जगत् हरेक विषयवस्तुमा यान्त्रिक सहायता आजको आवश्यकता हो । कम्प्युटरले असम्भव कुरालाई पनि सम्भव तुल्याइरहको छ । फोन नभएको समयमा टेलिफोन आयो । मोवाइलले टेलिफोनलाई विस्थापित गरेको छ । अब पनि टेलिफोनको मात्र भरमा पर्नु आजको युगलाई नस्वीकार्नु हो ।

समयको जे माग छ सोही आधारमा चल्न सकियो भने त्यो आजको समयमा पनि चल्न सक्छ । हिजो कोडाक कम्पनीका रिल निकै चल्थे, समय डिजिटल युगमा पुग्यो । सबैका हातमा मोवाइल पुगे । कोडाकले आफूलाई परिवर्तित गर्न सकेन । मेमोरी, चिप्स बनाउनेतर्फ उसको ध्यान गएन । रिलको युगसँगै कोडाकको युग पनि सकियो । परिवर्तित युगको मागलाई सम्बोधन गर्दै डिजिटल युगमा लगानी बढाएको भए उक्त कम्पनी चल्न सक्थ्यो । यसैगरी हाम्रो हरेक कुरामा परिवर्तन आवश्यक रहन्छ । आजको युगले मागेका विषयवस्तुमा अभ्यस्त रहनसक्नुपर्दछ । हिजोका टाइपराइटर आज कम्प्युटर अपरेरट हुनसकेनन् भने अब काम छैन । किनकि अब टाइपराइटरको युग सकिएको छ । यी त प्रतिनिधि उदाहरणमात्र हुन् ।

आजको युगअनुसारको परिवर्तित हुनसक्नुपर्दछ । समग्र कल्याणका निम्ति युगले दिएका परिवर्तनका पाइलामा चल्नसक्नु नै हाम्रो कर्तव्य हो । किनकि हिजो आज र भोलिमा भिन्नता रहन्छ । केही कुरा वर्षौंमा परिवर्तित भएको थाह हुन्छ त केही छोटो समयमै परिवर्तित भएका हुन्छन् । यही परिवर्तनको आवश्यकता नेपालको समग्र उन्नतिका पनि आवश्यक देखिन्छ । निर्वाचन सकिएसँगै परिवर्तनका पक्षमा नयाँ पनका पक्षमा जनमत प्रकट भएको छ । आजको परिवर्तित परिवेशलाई समेट्नसक्ने अबको नेतृत्व आज आवश्यक छ । आजको आवश्यकतलाई सम्बोधन गर्न सक्ने नेतृत्वले मात्र हाम्रो कल्याण सम्भव रहन्छ । हिजोका व्यवस्थापकीय नियमममा आज केही परिवर्तनको आवश्यकता छ । जुन नेतृत्वले बुझ्न सक्नुपर्दछ र परिवर्तित पनि हुनसक्नुपर्दछ ।

जीवन र जगत् हरेक विषयवस्तुमा यान्त्रिक सहायता आजको आवश्यकता हो । कम्प्युटरले असम्भव कुरालाई पनि सम्भव तुल्याइरहको छ । फोन नभएको समयमा टेलिफोन आयो । मोवाइलले टेलिफोनलाई विस्थापित गरेको छ । अब पनि टेलिफोनको मात्र भरमा पर्नु भनेको आजको युगलाई नस्वीकार्नु हो । विकासका मार्गमा नलम्किनु हो । चिठीको युग कस्तो थियो तर आज चिठी सबै मोवाइलले विस्थापित गरेको छ । भोलि यीभन्दा पनि अझ उपयोगी प्रविधिको विकासले मोवाइल बोक्ने झन्झटलाई पनि दूर गर्नसक्छन् । ड्राइभररहित यानको परीक्षण चलिहेको छ ।

यो समयले दिएको उपहार यो । यसको अधिकतम प्रयोग गरेरमात्र हाम्रो समृद्धि सम्भव रहन्छ । चाहे कृषि होस् वा शिक्षा एवं स्वास्थ्य । हरेक विषवस्तुमा प्रविधि भित्रिएका छन् । यी विषयवस्तुको प्रयोग कसरी गर्ने भन्ने प्रश्न रहनसक्ला तर समयको गतिसँगै प्रवाहित हुनसक्ने व्यक्तिले नै जीवनमा उन्नति गर्न सक्छन् । जसरी नदीसँगै बगेको डुङ्गा नदीको धारसँगै प्रवाहित हुन सकेन भने किनार लाग्न सक्छ त्यसैगरी समयको प्रवाहमा बग्नेले नै प्रगतिका पाना पल्टाउन सक्छन् । अन्यथा किनारमा बस्नुको विकल्प रहँदैन ।

आज युरोप अमेरिका किन विकसित भए भन्दा समयलाई चिने, समयको मागअनुसार नै अघि बढे । चीनले पनि आज विकासका नयाँ आयम ल्याइरहेको छ । कुन स्थानका कस्ता वस्तु चाहिन्छन् भन्ने चीनलाई राम्रो ज्ञान छ । आज कुन स्थानमा कस्ता वस्तुको आवश्यकता छ भनी अध्ययन गरी न्यूनतम मूल्यमा वस्तुको उत्पादन गरी विश्वमा नयाँ शक्तिका रूपमा उदाइरहेको अवस्था छ । यसका पछाडि पनि समयको प्रवाहमा बग्नु अझ भनौँ समयको आवश्यकतालई सम्बोधन गर्नसक्नु हो ।

वर्तमानको समयलाई चिन्न र सोही आधारमा चल्न सक्नु नै सर्वकल्याणको मार्ग अवलम्बन गर्नु हो । वितेको समय पुनः फर्किएर आउँदैन । यसैले त पौरस्त्य नीतिशास्त्रमा समयको महिमा यसरी गान गरिएको छ :
‘नष्टं द्रव्यं प्राप्यते हृयुद्यमेन नष्टा विद्या लभ्यतेद्रभ्यासयुक्ता ।
नष्टारोग्यं सूपचारैः सुसाध्यं नष्टा वेला या गता सा गतैव ।।’ (संस्कृत सुभाषितम्)
अर्थात् पैसा सकियो वा हरायो भने निरन्तर उद्यम गर्नाले धन कमाउन सकिन्छ । धनलाई उद्यमको माध्यमले पुनः आर्जन गर्न सकिन्छ । ज्ञान पनि अभ्यासद्वारा पुनः प्राप्त हुनसक्छ । बिरामी भए उपचार गरेर आयोग्यता प्राप्त गर्न सकिन्छ तर समय नष्ट भयो भने त्यो पुनः प्राप्त हुँदैन । अर्थात् बितेको समय पुनः प्राप्त गर्न सकिँदैन । समयलाई समाउन सक्ने सामथ्र्य हामीमा छैन । यसैले समयको गतिअनुसार नै चल्न सक्नुपर्दछ । व्यर्थमा समय खेर गयो भने यो चिन्ताको विषय हुन सक्नुपर्दछ ।

आजको आवश्यकता र परिस्थितिलाई विश्लेषण गर्नसक्नु पर्दछ । संसारमा जति पनि आविष्कार भएका छन् ती समयको मागलाई नै पूर्ति गर्नका निम्ति भएका छन् । यसैले परिवर्तित परिवेशसँग हिँड्न सक्नुपर्दछ । आजको युग र युगले मागेका कुरा पूरा गर्न सक्नुपर्दछ । यसैमा सबैको कल्याण रहन्छ । किनिकि समय बलवान् हुन्छ । समयमा भए गरेका कार्य प्रभावकारी हुन्छन् । समय वितेपछि गरेको कार्यको कुनै अर्थ रहँदैन ।
‘अप्राप्तकाले वचनं बृहस्पतिरपि ब्रुवन् ।
लभते बुद्ध्यवज्ञानमपमानं च भारत ।।’ (विदूर नीति)
अर्थात् उचित समय र प्रसंगमा बोलेको कुरा मात्र सर्वग्रहृय हुन्छ । अनुचित समयमा बृहस्पतिले नै बोले भने त्यो उपेक्षाको विषय रहनसक्छ । यहाँ विदुरले व्यक्तिभन्दा पनि समय बलवान् हो भन्ने सन्दर्भ उल्लेख गरेका छन् । उचित समय सकिएपछि व्यक्तिको प्रभावमा पनि कमी आउँछ । महाभारतको कथामा भगवान् श्रीकृष्णको स्वधाम गमनपछि अर्जुनले भिल्लसँग युद्ध हार्नु परेको थियो । अर्जुनको वीरताको शक्ति पनि निश्चित थियो । युद्धसमापनसँगै क्रमशः पाण्डवका अस्त्रशस्त्रमा पनि शक्ति कम हुँदै जान थालेका कुरा सबैले अनुभव गरिरहेका थिए । निश्चित समय सकिएपछि अर्जुनमा उक्त शक्ति सकिएर गयो ।

आजको समय प्रविधिको हो । नवप्रवर्तन हो । आजको युग सुहाउँदो विकासको हो । यसलाई आत्मसात गर्ने व्यक्ति, संस्था र देशमात्र उन्नतिको पथमा लम्कन सक्छन् । प्रविधिको उच्चतम उपयोगबाट नै अबको समृद्धि सम्भव छ ।

अर्जुनको तेजमा ह्रास आएको देखेर नै युधिष्ठिरले महाप्रस्थानको यात्रा तय गरेका हुन् । अबको समय हाम्रो होइन अब राज्य छोड्नुपर्छ महाप्रस्थानिक हुनुपर्छ भन्ने युगबोध युधिष्ठिरलाई भयो र सारा राजपाट छोडेर महाप्रथानमा लागे । दिग्विजयी पाण्डवले सामन्य व्यक्तिसँग हारखानुपरेको प्रसंगबाट पनि समयको महिमा जान्न सकिन्छ । सधैँ एउटै खालको समय र उक्त समयले दिने शक्ति सधैँ समान हुँदैन । समयमा प्राप्त शक्तिलाई चिन्न र सही सदुपयोग गर्न सक्नुपर्दछ । जसरी महाभारतमा युधिष्ठिरले गरे ।

आजको समय प्रविधिको हो । नवप्रवर्तन हो । आजको युग सुहाउँदो विकासको हो । यसलाई आत्मसात गर्ने व्यक्ति, संस्था र देशमात्र उन्नतिको पथमा लम्कन सक्छन् । प्रविधिको उच्चतम उपयोगबाट नै अबको समृद्धि सम्भव छ । किनकि आज महिनौं लाग्ने कार्य आजको प्रविधिले क्षणभरमा नै सम्पादन गर्नसक्छ । प्रविविधलाई चलाउन सकिएन भने यसैको दास बन्नुपर्छ फलस्वरूप हाम्रो उन्नति असम्भव रहन्छ । नयाँ प्राविधिक यन्त्र उपकरणको खोज अनुसन्धन चलिरहेको छ ।

यसैले आजको व्यक्तिमा प्रविधि पनि सारथी बनिरहेको छ । यो आजको युगधर्म हो । समयको मागअनुसार चल्ने व्यक्तिले नै जीवन सार्थक परिणाम प्राप्त गर्न सक्दछन् । देशमा पनि उन्नतिका निम्ति युगअनुरूप चल्नसक्ने व्यक्तिको आज आवश्यकता छ । देश विकासमा नवीन आयाम थप्नका निम्ति उन्नतिका पाइला चाल्नका निम्ति अबको नेतृत्वले समयलाई चिन्न सक्नुपर्दछ । हिजोभन्दा आजको समय भिन्न छ । आजको समयले मागेका विषयवस्तुलाई सम्बोधन गर्नसक्ने नेतृत्व अब चाहिन्छ । अन्यथा उन्नति असम्भव रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?