पर्खाइमा रहेको प्रकाशको टिजर

Read Time = 2 mins

काठमाडौं । कुनै नेपाली चलचित्र दर्शकले खुबै कुर्छन् । अर्थात् कहिले प्रदर्शन होला र हलमै पुगेर हेरौंला भनेर कुर्ने दर्शक हुन्छन् । त्यस्तै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ पनि प्रतिक्षित चलचित्र हो । यो चलचित्रको टिजर सार्वजनिक गरिएको छ ।

मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको टिजरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केलाई फिचर्ड गरिएको छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदीप र दिया शशक्त भूमिकामा देखिनुभएको छ । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रको टिजरले सशस्त्र युद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ ।

टिजरको पृष्ठभुमिमा बज्ने कर्णालिको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने सिनेमाको यसअघि फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको यो चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । सिनेमामा प्रदीप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?