काठमाडौं । नेपाली काँग्रेसका संखुवासभा जिल्लाबाट नवनिर्वाचित सांसद दीपक खड्काले नेपाल स्काउटले पटक–पटक आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद खड्काले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग आफ्नो कुनै सम्बन्ध नहुँदा समेत नेपाल स्काउटका तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पटक–पटक चरित्रहत्या गरिको भन्दै कानूनी उपचारको लागि अदालतमा मानहानीको मुद्दा हाल्ने बताउनुभएको हो ।
उहाँले नेपाल स्काउटले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग स्काउटको जग्गा भाडामा सम्झौता सकिँदा समेत सांसद दीपक खड्काले प्रहरी लगाएर हस्तक्षप गरेको भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले खड्का ल्याण्ड प्रा.लि कानूनी रुपमा वैधानिक तरिकाले सम्झौता भए बमोजिम भाडा बापतको रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले स्काउटका अध्यक्ष भण्डारीले संस्थालाई आँच आउने र आफ्नो चरित्रहत्या गर्ने काम भएको दाबी गर्नुभयो ।
सांसद खड्काले नेपाल स्काउट तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पूर्वप्रधानमन्त्रीको नजिक,राष्ट्रिपतको नातेदार हौँ भन्दै मान्छे तर्साउने धम्काउने गरेको भन्दै नेपाल स्काउटका मान्छे नभएर विचौलीया भएको आरोप लगाउनु भयो । उहाँले भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ती गर्ने,गैरकानूनी कामहरु गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेकाले आफूहरुले भण्डारी बिरुद्ध छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएको बताउनु भयो । उहाँले भण्डारीले स्काउटको सम्पतीको कसरी सदुपयोग तथा दुरुपयोग भए,नभएको मतलव नगरी आर्थिक लाभ लिनेगरी केही व्यापारीहरुसँग मिलेर स्काउटलाई कब्जा गर्न खोजेको आरोप लगाउनु भयो ।
उहाँले राजनीतिक जीवन सिध्याउनको लागि संखुवासभा निर्वाचन क्षेत्रमा पुगेर स्काउटका अध्यक्ष भण्डारी पुगेर खर्च गरेर निर्वाचन हराउन प्रयाससमेत गरेको दाबी गर्नुभयो । सांसद खड्काले स्काउट जस्ता संस्था जोगाउँदै संरक्षण गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताउनु भयो । उहाँले स्काउटले खड्का ल्याण्ड प्रा.लि. र आफ्नो अपमान भएको भन्दै अपमानजनक कार्य रोक्न सरकारसँग माग गर्नुभयो ।
त्यस्तै,खड्का ल्याण्ड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक सेवक पोखरेलले नेपाल स्काउटले लगाएका आरोपहरु सबै झुटो रहेको बताउनु भयो । उहाँले संस्थाले स्काउट जस्तो समाजिक संस्थाप्रति उत्तरदायी भएर सम्झौता अनुसार भुक्तानी समेत नियमित रुपमा तिर्दै आएको बताउनु भयो ।
उहाँले स्काउटको वर्तमान समिति आए पश्चात सम्झौता अनुसार काम गर्न नदिई पटक–पटक पूर्वसञ्चालक र संस्थाप्रति षड्यन्त्र गरिरहेको बताउनु भयो । उहाँले स्काउटका अध्यक्ष र निर्देशकले संस्थासँग रकम असुलि गर्न खोज्दा खड्का ल्याण्डले इन्कार गरेकाले स्काउटको प्रयोग गरी विभिन्न अरोप लगाएको बताउनु भयो ।
प्रा.लि.ले स्काउटको जग्गा भाडासम्बन्धि मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको जानकारी दिएको छ । प्रालीले स्काउटले सवोच्चमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पर्ने गरी अर्नगल प्रचारवाजी गरेको आरोप लगाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच